विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम
२०८३-०२-२६
- A
- A-
- A+
आज मिति २०८३।०२।२६ गते, यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर सिंह ऐरीद्वारा The London College, तिनकुनेका ५० जना विद्यार्थीहरूलाई सडक सुरक्षा तथा ट्राफिक नियमहरूको पालना सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरूलाई दैनिक जीवनमा सुरक्षित रूपमा सडक प्रयोग गर्ने तरिका सम्बन्धी व्यवहारिक उदाहरण, चित्र तथा अन्तरक्रियामार्फत प्रशिक्षण प्रदान गरियो ।