यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूबाट काठमाडौंका विभिन्न स्थानहरु र मितिमा चोरी भएका ५० वटा २ पाङ्ग्रे सवारी साधनहरु (२८ वटा मोटरसाइकल र २२ वटा स्कुटर) सवारी धनीलाई नै हस्तान्तरण गर्नुभएको छ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० थान दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।मिति २०८३/०४/२८ गते यस काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूद्वारा ३० वटा मोटरसाइकल र २० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो।सवारी साधन चोरी हुन नदिन सचेत रहौँ, आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्क गरौँ र आवश्यक सुरक्षा उपाय अपनाऔँ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यू मिति २०८३ साउन २० गते सुर्यविनायक नगर प्याबसन, भक्तपुरको आयोजना र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कटुञ्जे भक्तपुरको सहकार्यमा आयोजित समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको ट्राफिक सचेतना कार्यक्रममा उपस्थिती जनाउनु भएको छ।
सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका विभिन्न १४ वटा सवारी साधनहरुलाई प्रचलित कानुन बमोजिम कारबाही गरिएको छ।
मिति २०८३।०३।२९ गते, काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ थान दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (सोमबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ३६ ओटा मोटरसाइकल र १५ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो ।
विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सवारी साधनमा जडान गरिएका अनधिकृत कालो शिसा (Tinted Glass) तथा कालो स्टिकर हटाउने अभियान सुरु गरिएको छ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ अनुसार सम्माननीय राष्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूबाहेक अन्य कुनै पनि विशिष्ट व्यक्ति (VIP) तथा सर्वसाधारणले नियमानुसार धरौटी राखी अधिकतम २० प्रतिशतसम्म मात्र टिन्ट (Tinted Glass) प्रयोग गर्न पाउने कानुनी व्यवस्था रहेको छ।उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि माननीय गृहमन्त्रीज्यूको अग्रसरतामा सुरु गरिएको अभियानअन्तर्गत उहाँ तथा गृहसचिवज्यूको सवारी साधनमा जडान गरिएको कालो स्टिकर हटाइएको छ। यस कदममार्फत कानुन सबैका लागि समान रूपमा लागू हुने सन्देश प्रवाह गर्दै सम्बन्धित सबैलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गरिएको छ।सवारी साधनमा अनधिकृत रूपमा प्रयोग गरिएका कालो शिसा तथा कालो स्टिकरका कारण आपराधिक गतिविधि, अवैध कारोबार, फरार अपराधीको आवागमन, हतियार ओसारपसार तथा शङ्कास्पद व्यक्तिको पहिचानमा कठिनाइ हुने भएकाले यस्ता कार्यलाई न्यूनीकरण गर्न अभियान सञ्चालन गरिएको हो।सम्बन्धित निकायले सबै सवारीधनी तथा चालकलाई प्रचलित कानुनको पूर्ण पालना गर्दै अनधिकृत कालो शिसा तथा कालो स्टिकर हटाई सुरक्षित, पारदर्शी र कानुनसम्मत यातायात व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ।