काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० थान दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।मिति २०८३/०४/२८ गते यस काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूद्वारा ३० वटा मोटरसाइकल र २० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो।सवारी साधन चोरी हुन नदिन सचेत रहौँ, आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्क गरौँ र आवश्यक सुरक्षा उपाय अपनाऔँ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यू मिति २०८३ साउन २० गते सुर्यविनायक नगर प्याबसन, भक्तपुरको आयोजना र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कटुञ्जे भक्तपुरको सहकार्यमा आयोजित समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको ट्राफिक सचेतना कार्यक्रममा उपस्थिती जनाउनु भएको छ।