ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN
जेठ १६, दुर्घटना खवर ।
२०८०-०२-१६

चितवनको ईच्छाकामना गाउँपालिका ४ चुमखोला स्थित त्रिशुली नदिमा ३ जना सवार  मोटरसाइकल  खस्दा १ युवतीको मृत्यु भएको २ जना बेपत्ता भएका छन् ।  मुग्लिनबाट काठमाण्डौ तर्फ आउँदै  गरेको नम्बर नखुलेको मोटरसाइकल आज बिहान साढे १० बजे  अनियन्त्रित भइ  त्रिशुली नदीमा खसेको हो  । दुर्घटना लगत्तै उद्धारको लागि खटिएको प्रहरीले अन्दाजी ३५ वर्षीया युवतीको शव फेला पारेको हो  । बेपत्ता २ जनाको खोजी गर्नुको साथै घटनाको सम्बन्धमा थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका २२ पुरैनामा आज बिहान ट्याक्टरको ठक्करबाट साईकलमा  सवार २ बालक  घाईते भएका छन् ।  ईन्द्रपुरदेखी कम्दी तर्फ जाँदै गरेको भे १ त ६२२ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आँउदै गरेको साईकललाई आज बिहान साढे ७ बजे ठक्कर दिएको थियो । घाईते भएका साईकल चालक नेपालगंज उपमहानगरपालिका १९ का अन्दाजी ११ बर्षीय जुबेर अली र पछाडी सवार उनका ९ बर्षिय भाई ईब्रान अली नाउलाई उपचारको लागि नर्सिङहोम नेपालगंज बाँके पठाइएको छ । घाईते मध्ये ईब्रानको अवस्था बने गम्भीर रहेको छ । ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ । 

जेठ १६, दिउँसो ०१:३० बजे, ट्राफिक अपडेट
२०८०-०२-१६

धुलो उडेको विषयलाई लिएर  स्थानीयले काठमाडौँको नारायणटार स्थित दक्षिणढोका सडकखण्डमा पनि अवरोध गरेका छन् । जसका कारण जोरपाटी- साँखु संचालन हुने सवारी साधनलाई नारायणटार र जोरपाटीबाट डाइभर्सन गरी सुन्दरीजल हुँदै  र नोर्लिङ,  मुलपानी भएर पेप्सीकोला निस्कने व्यवस्था मिलाइएको छ  ।  यस्तै,  माइतीघर स्थित सर्भिस लेनमा पनि मानिसहरू भेलाजम्मा भएका कारण थापाथली तर्फ जाने सवारी साधन लाई मुख्य लेनबाट चलाइएको छ । यसबाहेक उपत्यकाको केशरमहल, त्रिपुरेश्वर, टेकु, गल्कोपाखा, नारायणगोपाल चोक र नयाँबसपार्कगेट  हुँदै चल्ने सवारी साधन  ट्राफिक व्यवस्थापनको क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ । विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवागमन भने सामान्य रहेको छ । 

जेठ १५, दुर्घटना अपडेट ।
२०८०-०२-१५

मुगुको छाँयानाथ रारा नगरपालिका १३ फलात्तामा गएराती ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सदरमुकाम गमगढीबाट बाम तर्फ खानेपानीको पाईप लिएर जाँदै गरेको लु ४ त ७३ ६८ नम्बरको ट्रयाक्टर गएराती ११ बजे सडाकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । दुर्घटनामा चालक रारा नगरपालिका १४ फाईपाटाका अन्दाजी २३ बर्षीय कासिराम बडुवाल र परिचालक सोही स्थान २५ बर्षीय शिव बडुवालको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी आज बिहान ८ बजे  प्राप्त भएकोले प्रारम्भिक अनुसन्धान कार्य भईरहेको अस्थायी प्रहरी पोष्ट बाम मुगुले जनाएको छ । झापाको कन्काई नगरपालिका १ चुके कल्भर्टमा आज बिहानै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बाटो पार गर्दै गरेका भारतीय नागरिक ६५ वर्षीय दिपराज चरजलाई आज बिहान पौने ५ बजे मे ९ प ५७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उपचारको लागि विर्तासिटी अस्पताल पु¥याउनासाथ दिपराजलाई डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय अनारमणीले नियन्त्रणमा लिएको छ । 

जेठ १४, दुर्घटना खवर ।
२०८०-०२-१४

काठमाडौंको कलंकीमा आज ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । स्कुटर चालक युवती घाइते भएकी छिन् । मृत्यु हुनेमा स्कुटर पछाडी सवार काठमाडौंकै चन्द्रागिरी नगरपालिका १४ की ६५ वर्षीया सन्तुमाया राउत रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा महांकाल स्थित राष्ट्रीय ट्रमा सेन्टरमा मृत्यु भएको हो । सामान्य घाइते भएकी स्कुटर चालक युवतीको कलंकी स्थित शहिद मेमोरीयल अस्पतालमा उपचार भइरहेको छ । कलंकीबाट नैकापतर्फ जाँदै गरेको सुदुर पश्‍चिम प्रदेश ०१औ००१ ख २९४१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००४ प ४७०३ नम्बरको मोटरसाइकललाई आज दिउँसो पौने १ बजे ठक्कर दिएको हो । ट्रक सहित चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालिमाटीले जनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका १३ लक्ष्मी चोकमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिला गम्भीर घाइते भएकी छिन् । घाइते भएकी नाम, थर, ठेगाना नखुलेकी अन्दाजी ६५ वर्षीया महिलाको उपचार घोपा स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । प्रदेश १-०२-०५ प ६६७३ नम्बरको मोटरसाइकलले पैदलयात्री महिलालाई आज मध्यान्ह १२ बजे ठक्कर दिएको हो । दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ । 

जेठ १२, दुर्घटना खवर ।
२०८०-०२-१२

सप्तरीको रुपनी गाउँपालिका २ मा गएराती ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार ३ जना गम्भीर घाईते भएका छन् । घाईते भएका मोटरसाईकल चालक सप्तरी शम्भुनाथ नगरपालिका ७ का अन्दाजी २२ बर्षीय प्रशान्त चौधरी र पछाडी सवार सोही स्थानका २० बर्षीय अबिनाश कुमार चौधरीलाई उपचारको लागि वि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठन धरान तर्फ पठाइएको छ । घाईते भएका सोही स्थानका २३ बर्षीय सुरज चौधरीको भने युनिक अस्पताल रुपनीमै उपचार भइरहेको छ । ना ३ ख ५३३५ नम्बरको ट्रकले प्रदेश २-०१-००३  प ४३० नम्बरको मोटरसाईकललाई गएराती पौने २ बजे ठक्कर दिएको थियो । दुवै सवारी साधन र ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय रुपनी सप्तरी नियन्त्रणमा लिएको छ । 

मोटिभेसनल फुटबल प्रतियोगिता सम्पन्न ।
२०७९-०९-०९

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आज मोटिभेसनल फुटबल प्रतियोगिता सम्पन्नभएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले फुटबल हस्तान्तरण गरेर खेलको सुरुवात गर्नु भएको थियो । जावलाखेल युथ क्लबको खेल मैदानमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र त्यस मातहतका कार्यालयका बिचमा भएको फुटबल प्रतियोगिमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २–१ गोल अन्तरले जित हासिल गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक अनुप राउतले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो भने दोस्रो प्रहरी जवान दशरथ गिरीले गर्नु भएको हो । मातहतका कार्यालयहरुको तर्फबाट भने राज कुमार चौधरीले खेलको अन्तिम समयमा आफ्नो टिमका लागि गोल गर्नु भएको थियो । स्वास्थ्यलाई पनि ध्यानमा राखि कर्मचारीहरुमा सद्भाव, उत्प्रेरणा र पुनर्ताजगी प्रदान गर्ने उदेश्यका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ ।   खेलमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले गर्नु भएको थियो भने मातहतका कार्यालयहरूको नेतृत्व ट्राफिक प्रहरी वृत्त कालीमाटीका प्रमुख प्रहरी निरीक्षक इन्द्रजित सुनारले गर्नु भएको थियो ।