काठमाडौँको लैनचौर र गल्कोपाख हुँदै चल्ने सवारी साधन केही क्युमा चलिरहेका छन् । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक उपत्यकाका अन्य मुख्य-मुख्य चोकहरूमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । विशेषगरि सातदोबाटो, ग्वार्को, कोटेश्वर, गौशाला, चाबहिल, नारायणगोपालचोक, बालाजु, सोह्रखुट्टे, केशरमहल, पुतलीसडक, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र नयाँबानेश्वर लगायतका चोकमा सवारी साधन केही समय रोकिनु पर्ने अवस्था रहेको हो । नाकाहरूको सवारी आवागमन भने सामान्य रहेको छ ।
दोलखाको भिमेश्वर नगरपालिका ७ चरङ्गेमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२-०४४ प६८ ८३ नम्बरको मोटरसाइकल आज बिहान ११ बजे अनियन्त्रित भइ पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दोलखाकै गौरीशंकर गाउँपालिका ५ सुरीका ४० वर्षीय राम कुमार खड्काको उपचारको क्रममा सामुदायिक अस्पताल चरिकोटमा मृत्यु भएको हो । उनलाई बिहान पौने १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी सातदोबाटो दोलखाले जनाएको छ ।
रौतहटको माधवनारायण नगरपालिका ७ फूलवरियामा आज बिहान बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । ना ६ प १४ ६३ नम्बरको बसले घर अगाडी बसिरहेका अन्दाजी ६५ बर्षीय ब्रहमदेव दासलाई आज बिहान ६ बजे ठक्कर दिएको थियो । घाईते भएको दासको प्रादेशीक अस्पताल गौरमा उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको हो । बस चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पिपरराजवाडा रौतहटले जनाएको छ। कैलालीको गौरीगंगा नगरपालिका २ झिलमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका २ कटानका अन्दाजी ७३ बर्षीया पावनी देवी साउँद रहेकी छिन् । नि:सर्ग अस्पताल धनगढीमा उपचारको क्रममा बिहान सवा ८ बजे उनको मृत्यु भएको हो । भे ७ प ५३ ८१ नम्बरको मोटरसाइकलले आज बिहान साढे ६ बजे पैदलयात्री बृद्धालाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका २ सम्झनाचोकमा आज जिपको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन् । बा २० च ५३ ५३ नम्बरको जिपले पैदलयात्री कैलालीकै बर्दगोरिया गाउँपालिका २ बौनियाँ बस्ने ५६ वर्षीया कोकिला देवी जैशीलाई आज बिहान सवा ९ बजे ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि नेपालगञ्ज बाँके पठाइएको छ । जिप सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीले जनाएको छ ।
काठमाण्डौको नागार्जुन नगरपालिका ४ बाफलमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते भएका नागार्जुन नगरपालिका ४ बाफलका ४८ बर्षीय बिरेन्द्र भट्टको स्वयम्भु स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रदेश ३-०२-००४ प ४९ ८१ नम्बरको मोटरसाइकलले आज बिहान साढे ४ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
काठमाडौंको नयाँ बानेश्वर स्थित संगम चोकमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा काभ्रेपलाञ्चोकको पनौति नगरपालिका ४ घर भई हाल बानेश्वर स्थित संगम चोक बस्दै आएका २४ वर्षीय नविन दाहाल रहेका छन् । घाइते दाहालको अन्नपुर्ण न्युरो अस्पताल माईतिघरमा उपचार भइरहेको छ । बा ९९ प १४ ३४ नम्बरको मोटरसाइकलले पैदलयात्री दाहाललाई आज बिहान सवा ११ बजे ठक्कर दिएको हो । मोटरसाइकल सहित चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
नेपाल प्रहरी कार्यदक्षयता मुल्याङ्कन (POLICE BATON), २०८० को क्रममा गरिएको अनुगमन तथा मुल्याङ्कनमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सम्पादित काम कारवाहीहरु उत्कृष्ट देखिई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरु मध्ये यस कार्यालय सर्वोत्कृष्ट राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालयको रुपमा मुल्याङ्कित हुन सफल भएकोमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरीएकोमा प्रशंसा-पत्र प्रदान भएको छ ।
मिति २०८०/०६/२५ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन ( Police Baton ) निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको निरीक्षण गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षकले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तालुक कार्यालयबाट भएको निति निर्देशन अक्षरश: पालना गर्नु पर्ने, ट्राफिक प्रहरीले गर्नु पर्ने काम कर्तव्य तथा समसामयिक बिषयबस्तु र आचरण व्यवहारको बारेमा तथा सेवाग्राहीसंग गर्नु पर्ने बोली बचन व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरि नागरिक मैत्री सेवा प्रदान गर्ने लगायत सरोकारवाला निकायसंग समन्वय गरि उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आज मोटिभेसनल फुटबल प्रतियोगिता सम्पन्नभएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले फुटबल हस्तान्तरण गरेर खेलको सुरुवात गर्नु भएको थियो । जावलाखेल युथ क्लबको खेल मैदानमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र त्यस मातहतका कार्यालयका बिचमा भएको फुटबल प्रतियोगिमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २–१ गोल अन्तरले जित हासिल गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक अनुप राउतले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो भने दोस्रो प्रहरी जवान दशरथ गिरीले गर्नु भएको हो । मातहतका कार्यालयहरुको तर्फबाट भने राज कुमार चौधरीले खेलको अन्तिम समयमा आफ्नो टिमका लागि गोल गर्नु भएको थियो । स्वास्थ्यलाई पनि ध्यानमा राखि कर्मचारीहरुमा सद्भाव, उत्प्रेरणा र पुनर्ताजगी प्रदान गर्ने उदेश्यका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ । खेलमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले गर्नु भएको थियो भने मातहतका कार्यालयहरूको नेतृत्व ट्राफिक प्रहरी वृत्त कालीमाटीका प्रमुख प्रहरी निरीक्षक इन्द्रजित सुनारले गर्नु भएको थियो ।