ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाण्डौ, नेपाल
ट्राफिक कन्ट्रोल:- १०३, +९७७-०१-५३१९६४१
Email:- vtpo@nepalpolice.gov.np

माघ ०७ गते, दिउँसो ०१:३० बजेको, ट्राफिक अपडेट
२०८१-१०-०७

सवारी साधनको संख्या बढेका कारण काठमाडौँ उपत्यकाको गौशाला, मित्रपार्क, थापाथली, त्रिपुरेश्वर र केशरमहल चोकमा सवारी साधन केही क्युमा चलिरहेका छन् । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ । यसबाहेक अन्य मुख्य चोकहरुमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय पालोमा रोकिनु पर्ने अवस्था रहेको छ । काठमाडौँबाट थानकोट-चित्लाङ हुँदै मकवानपुरतर्फ जाने तथा आउने सवारी साधनलाई भने संचालनमा रोक लगाइएको छ । सडक विस्तारका कारण उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको हो  ।

  • असोज १४, दुर्घटना खवर ।
    २०८१-०६-१४

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ चार सयबेशी र सोही  गाउँपालिका  ११ मंगलटार  स्थित  विभिन्न  स्थानमा बाढी तथा पहिरोले सडक बगाउँदा  र  सिन्धुलीको सुनकोशी  गाउँपालिका १ मा  झरेको पहिरोका कारण विपि राजमार्ग  अवरुद्ध भएको छ । त्यस्तै रसुवा जिल्लाका  विभिन्न स्थानमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।सिन्धुलीको  गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ जयराम घाटमा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउदा खुर्कोट- मन्थली चल्ने सवारी साधनको आवागमन रोकिएको छ । त्यस्तै सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५  र खोटाङको खोटेहाङ गाउँलिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ । मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलेहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलि ब्रीज बाढीले बगाउँदा आवत -जावत रोकिएको छ । नवलपरासी वर्दघाट सुस्ता पूर्वको अरुणखोला- चोरमारा सडकखण्डमा हिलो जमेको कारण पूर्व पश्चिम राजमार्ग हुँदै चल्ने सवारी साधन रोकिएका छन् । यो  संगै नवलपरासी वर्दघाट सुस्ता पूर्वकै गैंडाकोट नगरपालिका ३ हिउँदेखोलामा  पनि पहिरो खसेर कालिगण्डकी करिडोरमा सवारी  साधन प्रभावित भएका छन् ।

    [ विस्तृतमा ]
  • श्रावण ०४ गते , दुर्घटना खवर ।
    २०८१-०४-०४

    बाँकेको जानकी गाउँपालिका ६ मा आज बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया कलावती भाट रहेकी छिन् । गम्भीर घाइते भएकी भाटको उपचारको क्रममा नर्सिङ होम नेपालगंजमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गरेको गरेको लु २ ख ४६ नम्बरको बसले पैदलयात्री महिलालाई आज बिहान साढे १० बजे ठक्कर दिएको थियो । बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका १० मा गएराती मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीय रोहित नगरकोटी रहेका छन् । गम्भीर घाइते भएका नगरकोटीको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो ।  लु २६ प ९८ ४४ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भटमा ठोकिएर पल्टिएको  इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । 

    [ विस्तृतमा ]
  • बैशाख २४, दुर्घटना खवर ।
    २०८१-०१-२४

    ललितपुरको सानेपामा आज कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । घाइतेहरूको उपचार सानेपामै रहेको स्टार अस्पतालमा भइरहेको छ । घाइते मध्ये मोटरसाइकलमा पछाडी सवार ललितपुरकै धोविघाट बस्ने म्याग्दीको देविस्थान गाउँपालिका का २६ वर्षीय सन्जु फगामीको अवस्था भने गम्भीर रहेको छ । आज बिहान साढे ५ बजे  बा १८ च ५७६३ नम्बर नखुलेको कारले बा ८८ प २५०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कार सहित चालक भने फरार रहेकाले खोजी भइरहेको छ । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०७९-०५-२६ म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना (२०७९-०५-२६)
ट्राफिक प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम "प्रहरी स‌ंवाद"
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८१-०३-२४)
रेडियो कार्यक्रम (२०८१-०३-२०)
रेडियो कार्यक्रम (२०८१-०३-१७)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।